परम्परागत घुम्ती गोठ हराउँदै

२०७८ मंसिर २० गते प्रकाशित

काठमाडौं । परम्परागतरुपमा संचालन हुँदै आएको घुम्ती गोठलाई किसानहरुले अझैसम्म पनि आयआर्जनको माध्यम बनाउन सकेका छैनन् । युवापुस्ता वैदेशिक रोजगारीमा आकर्षित हुनु र पाको पुस्ताले घुम्ती गोठलाई आधुनिकीकरण गरी व्यावसायिक प्रयोजनको रुपमा विकास गर्न नसक्दा घुम्ती गोठ केबल परम्परा धान्ने र दिन कटाउने माध्यम मात्रै बन्दै आएको छ ।

म्याग्दीको धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिकाका गाउँमा घुम्ती गोठ राख्ने प्रचलन छ । यहाँका किसानले खेतबारीलाई मलिलो बनाउन र बाँझो पाखाको घाँस खुवाउन मात्र घुम्ती गोठ राख्ने गरेको धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले बताए । गाउँपालिकाले खेतीपातीसँगै घुम्ती गोठलाई आर्यआर्जनको माध्यम बनाउन विभिन्न कार्यक्रम ल्याए पनि किसानकै उदासिनताका कारण कार्यक्रम लाभदायी हुन नसकेको उनको भनाइ थियो ।

पछिल्लो समय भेडागोठ आयस्रोतको माध्यम बनेको पनि अन्य गाईभैँसीपालन गर्ने किसानले भने आयस्रोतको रुपमा विकास गर्न नसकेको अध्यक्ष पुनको भनाइ थियो । बाँझो जमिनलाई स्थानीयवासीले गाईभैैँसी, गोरु र बाख्रा पाल्ने अस्थायी गोठको रूपमा प्रयोग गर्दै आएका छन् । घुम्ती गोठ खेतीपाती टाढा भएको जग्गामा अस्थायी टहरा बनाएर गाइबस्तु राख्ने खेतीपातीको लागि जग्गा मलिलो बनाउन मल थुपार्ने प्रचलनमा मात्र सीमित रहेको धवलागिरि गाउँपालिका– १ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए ।

टाढा खेतीपाती भएको जग्गामा मल बनाउन र वरिपरी बाँझो रहेको जग्गाको घाँस खुवाउन घुम्ती गोठ कायम रहेको वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए । घुम्ती गोठ उक्त गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कवाङमा छ । त्यस्तै रघुगङ्गाको चिमखोला कुइनमङगले र अन्नपूर्णको शिख, पाउद्वार र दोबामा भेडा र गाईभैँसीको घुम्ती गोठ देखिन्छ ।

पछिल्लो समय गाउँगाउँमा सडक र वैदेशिक रोजगारीले खेतीपाती गर्ने र पुशपालनको घुम्ती गोठ कम हुँदै गएका छन् ।जनतालाई विकास र आयआर्जनसँग जोड्ने काम जनप्रतिनिधिको भए पनि युवा पुस्तालाई कृषि र पशुपालनतर्फ रुचि नभएका कारण परम्परागत पेशालाई व्यवसायिक बनाउन नसकिएको जनप्रतिनिधिले बताए ।

“युवाहरु वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन् । बूढा पुस्ता आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहँदैनन्, ” धवलागिरि गाउँपालिका– ३ मुनाका पुर्म पुनले भने । उनका अनुसार उन्नत तरिकाको खेतीपाती, व्यावसायिक पशुपालन र आयआर्जनमूलक कार्यक्रममार्फत् यस गाउँको विकास गर्न सकिने प्रशस्तै सम्भावना छन् तर यी सबै सम्भावना केवल सपना मात्र भएका छन् । किनभने यहाँका बासिन्दा खाली जग्गालाई घुम्ती गोठको रुपमा बाहेक अरु कुरामा प्रयोग गर्न मान्दैनन् ।

“हामीलाई यसैमा आनन्द छ, वर्षामा पशुगोठ बुकी (लेक) मा लैजान्छौं, हिउँदमा बँेसी झार्छौँ, पशु पाल्छौँ, दूधमही खान्छौँ, यसैगरी यत्रो जीवन बाँचियो, अब मर्ने बेलामा किन नानाभाँति गर्नुप¥यो रु” मुनाका बृद्ध पमबहादुर पुनले भने ।

कृषि र पशुपालनमा प्रशस्तै सम्भावना भएको यस ठाउँबाट स्थानीयवासीले लाभ लिन नसकेका वडाध्यक्ष पुन स्वीकार्नुहुन्छ । घुम्ती गोठलाई व्यवस्थित बनाई त्यहाँ व्यावसायिक कृषि गर्ने सोच भएपछि स्थानीयवासीको बेवास्ताका कारण त्यसो गर्न नसकिएको उनको भनाइ थियो ।
यहाँका युवा पुस्तालाई कृषि र पशुपालनतर्फ कुनै रुचि छैन ।

उनीहरु वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन् । बुढा पुस्ता आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहदैनन् । ‘‘गाउँपालिका र वडाले पैसा दिन्छ, अलि फरक तरिकाले पशुपालन गरौँ न भन्दा पनि मान्नुहुन्न’’ वडाध्यक्ष पुनले बताए । उनका अनुसार यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोत भनेकै वैदेशिक रोजगार हो । विदेशबाटीको मुख्य स्रोत भनेकै वैदेशिक रोजगार हो ।