बागमती प्रदेशमा बढ्यो कृषि उत्पादनयोग्य जमिन, कुन बाली कति उत्पादन भयो ?

२०७८ मंसिर २२ गते प्रकाशित

काठमाडौं । बागमती प्रदेशका १३ वटा जिल्लाहरूमा ६ लाख ८९ हजार २०९ हेक्टर क्षेत्रफलमा कृषि उपजले ढाकेको छ । जसमा खाद्यय तथा अन्नबालीमा ५ लाख ३७ हजार ३३१ हेक्टर, तरकारी बाली १ लाख ११ हजार ६५०, फलफुल तथा मसला ४० हजार २२८ हेक्टर क्षेत्रफलले ढाकेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन बागमती प्रदेशको बार्षिक प्रतिवेदन २०७७र७८ मा सो तथ्याक उल्लेख गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ० . ५ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो क्षेत्रफल २।४ प्रतिशतले बढेको थियो ।

खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा सिन्धुपाल्चोक जिल्लाको हिस्सा सबैभन्दा बढी १३.८ प्रतिशत र रसुवा जिल्लाको हिस्सा सबैभन्दा कम १.५ प्रतिशत रहेको छ (तालिका २.१) । तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा मकवानपुर जिल्लाको हिस्सा सबैभन्दा बढी (५३.६ प्रतिशत) र रामेछाप जिल्लाको हिस्सा सबैभन्दा कम (१.० प्रतिशत) रहेको छ ।

यसैगरी, फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफलमा मकवानपुर जिल्लाका हिस्सा सबैभन्दा बढी (२८.६ प्रतिशत) र काठमाडौं जिल्लाकोहिस्सा सबैभन्दा कम (०.५ प्रतिशत) रहेको छ ।

कृषि उत्पादनः
समीक्षा वर्षमा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन ०.१ प्रतिशतलेबढेको छ भने खाद्य तथा अन्य बालीको उत्पादन ०.७ प्रतिशतले घटेको छ । गत वर्ष समग्र कृषि बालीको उत्पादन ०.७ प्रतिशतले घटेको थियो भने खाद्य तथा अन्य बालीको उत्पादन १.६ प्रतिशतले बढेको थियो ।

खाद्य तथा अन्य बाली ः समीक्षा वर्षमा कोदो उत्पादन १.४ प्रतिशत, फापर उत्पादन ७.४ प्रतिशत, आलु उत्पादन ०.२ प्रतिशतले बृद्धि भएको छ भने धान उत्पादन ०.१ प्रतिशत, मकै उत्पादन २.० प्रतिशत, गहँु उत्पादन १.४ प्रतिशत, जौं उत्पादन १.१ प्रतिशत, उखु उत्पादन ४.६ प्रतिशत, भटमास उत्पादन १.४ प्रतिशत, दलहन उत्पादन ९.१ प्रतिशत र तेलहन बालीको उत्पादन १.३ प्रतिशतले घटेको छ ।

गत वर्ष मकै उत्पादन ५.५ प्रतिशत, गहँु उत्पादन ३.२ प्रतिशत, कोदो उत्पादन ६.९ प्रतिशत, जौ उत्पादन १४.० प्रतिशत, फापर उत्पादन २.४ प्रतिशत, भटमास उत्पादान ३२.१ प्रतिशत, दलहन उत्पादन ५.२ प्रतिशत र तेलहन उत्पादन २.४ प्रतिशतले बढेको थियो भने धान उत्पादन २.२ प्रतिशत र उखुको उत्पादन २६.९ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७७÷७८ मा यस प्रदेशमा भएको खाद्य तथा अन्य बालीको उत्पादनमा आलु उत्पादनको हिस्सा ३२.५ प्रतिशत, मकै उत्पादनको हिस्सा २९.१ प्रतिशत र धान उत्पादनको हिस्सा २४.० प्रतिशत रहेको छ ।