बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२०७८ मंसिर २८ गते प्रकाशित

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३००ले बढेर रु ९२ हजार ८०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८६ डलर आसपास कारोबार भइरहेको छ ।

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिक्षेत्रका प्राथमिकता अध्ययन गरेर कार्ययोजना …