काठमाडौं । आर्थिक वर्ष २०७७÷७८ मा बागमती प्रदेशमा समग्र चिया बालीले ढाकेको क्षेत्रफल ३२५ हेक्टर रहेको छ । आ.व.२०७७÷७८ को तथ्याङ्क अनुसार यस प्रदेशमा चिया बालीले ढाकेको क्षेत्रफल सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा ९८५ हेक्टर० र सबैभन्दा कम चितवन जिल्लामा (१ हेक्टर) रहेको छ ।
रसुवा, धादिङ्ग, काठमाडौं, भक्तपुर र मकवानपुरमा भने चिया खेती हुने गरेको छैन । यस प्रदेशमा आ।व। २०७७÷७८ मा ३६।१७ मेट्रिक टन चिया उत्पादन भएको छ । त्यसैगरी यस प्रदेशमा कुल ९ वटा व्यवसायिक चिया फर्म र ४९४ व्यवसायिक चिया कृषकहरु रहेका छन् ।
चिया खेतीमा देखा परेका समस्याहरु
गुणस्तरमा एकरुपता नहुँदा बजारीकरणमा समस्या भएको ।
.साना कृषकले हरियो चियाको मूल्य नपाउने समस्या रहेको ।
. निर्यात प्रक्रिया झन्झटिलो रहेको ।
. श्रमिकको अभाव रहेको ।
चिया खेतीमा देखा परेका सम्भावनाहरु
.अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय चियाको माग उच्च रहेको ।
.नेपालबाट निर्यात हुने प्रमुख नगदे बालीको रुपमा चिया खेतीको विकास गर्न सकिने सम्भावना
रहेको ।
. विविध मूल्य शृंखलाबाट रोजगारी सृजना भएको ।