काठमाडौं । च्याउ उत्पादक किसानहरुको छाता संगठन च्याउ उत्पादक किसान संघ नेपालले पौष १५ गते तेस्रो राष्ट्रिय च्याउ दिवस मनाउने भएको छ । दिवसको अवसरमा वृहत च्याउ परिकार महोत्सवको आयोजना साथै दोस्रो राष्ट्रिय सम्मेलन गर्ने संघले जनाएको छ ।
“च्याउ किसानहरुको जागरुकता,व्यवसायिक उत्पादनमा आत्मनिर्भरताू भन्ने नाराका साथ बागमती प्रदेशको राजधानी हेटौँडामा दिवस मनाउन लागिएको हो । च्याउ महोत्सव पौष १५ देखि १६ सम्म संचालन हुने छ । च्याउ उत्पादक किसानहरुले सो दिनलाई विशेष रुपमा मनाउदै आएका छन् ।
२०७६ पौष १५ गते हेटौडामा सम्पन भएको च्याउ किसानहरुको वृहत भेलामाझ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशबाट पौष १५ लाई च्याउ दिवसको रुपमा मनाउने घोसणा गरेको थियो ।
च्याउ उत्पादक किसान संघ नेपाल वि.स २०६१ सालमा स्थापना भई नेपाललाई च्याउको क्षेत्रमा आत्मनिर्भर बनाउने तथा युवावर्गका लागि उत्पादनशील रोजगारी सिर्जना गर्ने प्रयासमा निरन्तर काम गर्दै आएको संस्था हो ।।