काठमाडौं । आउँदो माघ ५ गतेदेखि ८ गतेसम्म सलोम एग्रिकल्चर पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ हुने भएको छ । चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण र प्रविधिको बृहत प्रदर्शनी हुने जनाइएको छ ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा सो प्रदर्शनी हुने मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको थियो ।
प्रदर्शनीमा १५० भन्द्या बढी प्रदर्शनीकर्ता वा स्टलहरु रहनेछन् । विभिन्न २० ओटा मुलुकका कृषि यन्त्र, औजार तथा उपकरणहरु प्रदर्शनीमा राखिनेछ । करिब २ हजार प्रकारका विभिन्न मेसिनरी उपकरण तथा औजारहरु प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।
चार दिनसम्म चल्ने प्रदर्शनीमा झन्डै १ लाखभन्दा बढी अवलोकर्ताको सहभागीता हुने र २० करोडभन्दा बढीको कारोबार हुने जनाइएको छ ।
कृषिकलाई आधुनिक कृषि यन्त्र तथा प्रविधिको बारेमा जानकारीमार्फत आधुनिक प्रविधिमा बहुआयामिक व्यवसायिक कृषिमा आकर्षित गराई देशको कृषि उत्पादन वृद्धि गर्ने प्रदर्शनीको मूख्य लक्ष्य छ ।
‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यवसायिक कृषि विकास र समृद्धि’ भन्ने मूल नाराका साथ हुने प्रदर्शनीमा स्वदेशी यन्त्र उपकरण र वस्तुहरु प्रदर्शनीमा राखिने जनाइएको छ । सो मेलालाई ‘मेड इन नेपाल प्याभिलियन’ समेत भनिएको छ ।
प्रदर्शनीमा कृषि कर्जा मेला समेत हुने जनाइएको छ । किसान र बैंकिङ क्षेत्रमा देखिएको समस्या हल गर्न र किसानलाई बुझ्न बुझाउन पहिलो पटक कृषि कर्जा मेला आयोजना गरिएको संयोजक शुस्मा शर्माले जानकारी दिइन् । कार्यक्रममा सलोम एग्रिकल्चर प्रालिका सञ्चालक श्रीकृष्ण अधिकारीले पछिल्लो ११ वर्षदेखि सलोमले प्रविधि विस्तारमा महत्वपूर्ण योगदान दिन सफल भएको बताए ।
संघका संस्थापक अध्यक्ष महेन्द्रप्रसाद कँडेलले बाली लगाउँदा र थन्क्याउँदा मात्र नभइ फुड प्रशोसिङमा पनि मेसिन र उपकरणको प्रयोग व्यापक गरिनुपर्ने बताए
चार दिनसम्म चल्ने प्रदर्शनीमा प्रवेश निशुल्क गरिएको छ भने करिब १ करोड खर्च हुने अनुमान गरिएको छ ।