ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

२०७८ पुष २० गते प्रकाशित

काठमाडौं । आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज नेपाली बजारमा ९ सयले सुनको मूल्य घटेको हो । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेर ९२ हजार २ सयमा कारोवार भैरहेको छ । सोमबार पनि सुनको मूल्य तोलामा तीन सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

त्येसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२६५ मा कारोबार भएकोमा आज तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।