काठमाडौं । निजि क्षेत्रका डेरी उद्योगीले दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन । विगत ३ वर्ष देखि दूधको मूल्य नवढेको र यसै अवधिमा दुग्ध उत्पादन र प्रशोधनमा प्रयोग हुने कच्चा पदार्थहरु पशु आहार, इन्धन, विद्युत, डेरी केमिकल, स्पेयर पार्टस् प्याकेजिङ सामाग्री, कन्भरसन ज्याला, तलव आदिको पटक पटक मूल्य वृद्धिले उत्पादन लागत बढ्न गएको भन्दै दूधको मूल्य बढ्नुपर्ने उद्योगीको माग छ ।
बागमति प्रदेश पशुपंक्षी विकास मन्त्रालयअन्तरगतको प्रदेश दुग्ध विकास बोर्डमा कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धारा हुमागाईको अध्यक्षतामा हालै बसेको बैठकले किसानको हितमा दूधको मूल्य बढाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय भएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए।
दूधको मूल्य नबढ्दा उत्पादन लागत बढी किसान तथा उद्यमी मारमा पर्न गएकोले आत्मनिर्भरतर्फ उन्मुख दुग्ध क्षेत्रको उत्थान गर्न दुवैको हितमा ६९% उत्पादन, र ३१% प्रशोधनमा बाँडफाड हुने गरी दूधको मूल्य परिमार्जन गर्न सरकारसँग माग गरिएको दाहालले बताए ।