थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि, सतर्क रहन मन्त्रालयको आग्रह

२०७८ पुष २३ गते प्रकाशित

काठमाडौं । नेपालमा पुस महिनामा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्रै थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

ओमिक्रोन भेरियन्ट संक्रमणबाट सतर्क रहन आग्रह गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।