नेपाल कृषि अर्थशास्त्र समाजको अध्यक्षमा पुनः डा. योगेन्द्रकुमार कार्की

२०७८ पुष २५ गते प्रकाशित

काठमाडौं । नेपाल कृषि अर्थशास्त्र समाजको अध्यक्षमा पुनः डा. योगेन्द्रकुमार कार्की चयन भएका छन् । आइतबार भएको समाजको पन्ध्रौ बार्षिक साधारणसभाबाट कार्की अध्यक्षमा पुनः दोहोरिएका हुन् ।

डा. कार्की यसअघि पनि समाजको अध्यक्षमा निर्वाचित भएका थिए । समाजको नयाँ कार्यसमिति उपाध्यक्षमा रामप्रसाद पुलामी, महासचिवमा डा. देवेन्द्र गौँचन र कोषाध्यक्षमा सिर्जना तिमल्सिना चयन भएका छन् ।

त्यस्तै, समाजको निर्देशकमा डा. कृष्णप्रसाद तिमल्सिना, डा. महाविर पौडेल र डा. श्रषिराज कट्टेल चयन भएका छन् । यता, समाजको सदस्यमा चारजनासमेत चयन भएका छन् । नयाँ कार्यसमितिले आगामी तीन बर्ष काम गर्नेछ ।