आगामी माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

२०७८ पुष २५ गते प्रकाशित

काठमाडौं । कोरोना महामारीको तेस्रो लहर समुदायस्तरमा फैलिएको भन्दै सरकारले आगामी माघ १५ गतेसम्म देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।