माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

२०७८ पुष २६ गते प्रकाशित

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

मन्त्रालयमा सोमबार बसेको बैठकले सीसीएमसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

कोरोना महामारीको तेस्रो लहर समुदायस्तरमा फैलिएको भन्दै सरकारले आगामी माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । प्रवक्ता शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए ।