कृषि विकास बैंकले सेधरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने, बार्षिक साधारणसभा ‘भर्चुअल’

२०७८ पुष २७ गते प्रकाशित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको हालै बसेको सञ्चालक समिति बैठकले बोनस सेयरमा लाग्ने करबापत प्रति सेयर १.०५२६ प्रतिशत नगद लाभांश र अग्राधिकार सेयरधनीलाई ६ प्रतिशत गरी लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले गरेको प्रस्तावउपर छलफल गरी आगामी पुस २९ गते बस्ने बैंकको बार्षिक साधारणसभाबाट स्वीकृत गर्ने तयारी छ ।
त्यस्तै, साधारण सेयरधनीलाई साधारण चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर प्रदान गर्ने सञ्चालक समितिले विशेष प्रस्ताव अघि बढाएको छ । सोउपर साधारणसभाको बैठकले नै निर्णय गर्ने बैंकले जनाएको छ ।

बैंकको साधारणसभा पुस २९ गते विहीबार बिहान ११ बजे, कृषि विकास बैंकको, केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा बस्दैछ ।
देशभर बढिरहेको कोरोना महामारीलाई ध्यानमा राख्दै बंैकले साधारणसभामा सरकारले जारी गरेको स्वास्थ्य शुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्दै भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।

बार्षिक साधारणसभासम्वन्धी सुचना र जानकारी हेर्न यहाँ क्लिक गरौं ।