कृषि विकास बैंकको पन्ध्रौ वार्षिक साधरण सभा सम्पन्न

२०७८ पुष २९ गते प्रकाशित

काठमाडौं । कृषि विकास बैंक लि.को आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न साधारणसभाले उत्साहजनक प्रतिफल स्वरुप २० प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव पास गरेको छ ।

बैंक बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु/सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २७९ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल भएको छ । नेपालका बाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी अधिकृत पूँजी भएको कृषि विकास बैंक लि.को पन्ध्रौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रमेश कुमार केसीको अध्यक्षतामा सम्पन्न भएको छ । बैंकका करिव ३ लाखको संख्यामा शेयरधनीहरु छन् ।

त्यस्तै उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिएका शेयरधनी महानुभावहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष रमेश कुमार केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायूले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

भर्चुअल माध्यमबाट भएपनि शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधी, बैंकमा कार्यरत उच्च व्यवस्थापक,कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु रमेश दुवाडी, प्रकाश कुमार सन्जेल.,संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिती रहेको थियो । साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।