५ सय कुखुराबाट सुरु भएको योन्जनको पशुपालन व्यवसाय, अहिले मनग्गे आम्दानी

२०७८ पुष ३० गते प्रकाशित

काठमाडौं । भोजपुर बोकहिम वडा ५ घर भएका राजन योन्जनले २०४५ सालमा एसएलसी पुरा गरे । स्नातक पढ्दा पढ्दै प्रजातन्त्र पुर्णस्थापना कालपछि २०४८ सालमा काठमाडौं आएका उनले सुरुमा २ वर्ष जति बोइलर कुखुरापालन व्यवसाय गरे ।

करिब ५ सय गोटा मासिक कुखुरा रखेका उनले बोइलरमा धेरै रोग लाग्ने र मर्ने समस्या आएपछि बोइलर कुखुरा नपाल्ने निधो गरे । गोठाटारमा कुखुरापालन सुरु गर्दा उनले झण्डै २० हजार रुपैयाँ लगानीमा ५ रोपनी जमिनमा ५ सय बोइलर कुखुरापालन गर्न थालेका थिए ।

करिब ५ वर्ष अवधिमा ४/५ हजार बोइलर कुखुरा उत्पादन गरेका उनले सो समयमा ५÷६ लाख रुपैयाँ घाटा समेत बेहोर्नु परेको थियो । उनले झण्डै १० लाख रुपैयाँ लगानीमा बोइलर कुखुरा उत्पादन सुरु गरेका थिए । सुरुमा हरेक महिना ५ सय गोटाको दरले बोइलर कुखुरा पालेका थिए । कुखुरापालनको अध्ययन बिना कुखुरा पाल्नु घातक हुने उनको बुझाई छ ।

‘बोइलर कुखुरामा लागत बढि हुने र बेच्दा मूल्य कम हाउने हुन थाल्यो, खर्च बढि थियो । धेरै विरामी हुँदो रहेछ । रोग बेसी लाग्थ्यो,’ योन्जनले भने ‘भिजिटिए पढेपछि अलि थाहा भयो त्यसपछि लोकल कुखुरा तिर लागे ।’

सुरुमा उनले ३५/४० रुपैयाँमा मिक्स बोइलर चल्ला हालेको थिए । त्यसबेला भाले÷पोथी छुटाउन मिल्दैन थियो । अहिले भाले÷पोथी छुट्टाएरै किन्न पाइने व्यवस्था छ । वि.सं २०६३ मा ग्रिन पिआरको क्रस लोकल कुखुराका चल्ला राख्न थालेका उनले अहिले उनले २ देखि ४ हजार क्रस लोकल कुखुरा उत्पादन गरिरहेका छन् ।

उनले अहिले गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा कुखुरा र बाख्रा संयुक्त रुपमा पालन गरिरहेका छन् । ५ रोपनीबाट कुखुरा उत्पादन सुरु गरेका उनले अहिले १० हजार रोपनीमा कुखुरा तथा बाख्रा पालन गरिरहेका छन् ।

क्रस लोकलमा भाले÷पोथी छान्ने पाइने भएकाले अलि महंगो हुने गरेको उनको अनुभव छ । उनले विगतमा कुखुराबाट ४ महिनामा ८० हजारदेखि १ लाख रुपैयाँ बढि नाफा हुने गरेको भए पनि अहिले ६०/७० हजारका हाराहारीमा नाफा हुने गरेको बताए ।

१० वर्षदेखि लोकल क्रस कुखुरा पाल्दै आएका उनले यसको मूल्य बजारमा प्रतिकेजी ५ सय रुपैयाँदेखि साढे ५ सय रुपैयाँ रहेको बताए । उनले सुरुमा ५ हजार लोकल कुखुरा राखेका थिए । हालसम्म उनले १७/१८ लाख रुपयाँ लगानी भइसकेको बताए ।

उनका अनुसार, १ सय कुखुराले १४ बोरो दाना खान्छ । लोकल कुखुराको चल्ला ८० देखि ९० रुपैयाँ प्रतिगोटा पर्न जान्छ । एक बोरा दाना किन्दा ४२ सय रुपैयाँ पर्छ । ५ सय कुखुरा पाल्न ३ लाख रुपैयाँ हाराहारी लागत लाग्ने उनी बताउछन् ।

लोकल कुखुरा पालेरै छोरीहरु पढाएका उनले यो कुखुरा साढे ५ सय प्रतिकेजी जिउँदो विक्री गर्ने गरेका छन् । उनले लोकल कुखुराका चल्ला हप्तामा १० हजार गोटा सम्म उत्पादन गरी बिक्री गर्ने गरेको बताए । हाल बजारमा कोभिडका कारण माग कम भएकाले ४÷५ हजार कुखुरा बजारमा पुराउने गरेको बताए ।

१९ वटा बाख्रा राखेका ५० वटा पुग्यो

यस्तै उनले २ वर्ष अघि मात्र लकडाउन बीचमा लगभग १८/१९ वटा बाख्रा राखेका छन् । २ वर्षदेखि बाख्रा पालिरहेका उनले हाल ५० वटा बाख्रा पालिरहेको बताए । बाख्रा थोरै राखे पनि खोर निर्माणका लागि भने धेरै खर्च गर्नु परेको उनले बताए ।

बाख्रा उत्पादनको बारेमा धेरै ज्ञान नभएका कारण सुरुमा थोरैबाट सुरु गरेको उनले बताए । उनले लोकल कुखुरा उत्पादनमा नाफा कमाएपछि बाख्रा पालन समेत सुरु गरेका थिए । ४ लाख लगानीमा बाख्राको खोर निर्माणका लागि खर्चेका उनले हाल बजारमा बाख्राको मासुको मूल्य घटेकोले धेरै फाइदा नभएको बताए ।

‘मलाई बाख्रामा अनुभव नभएकाले भोलि रोगले नमरोस भनेर व्यवस्थापनमा सजिलोका लागि थोरैबाट सुरु गरे । अहिले २ वर्ष मात्र भएकाले त्यस्तो धेरै केही छैन,’ योन्जनले चाणक्यपोष्टसँग भने । खसी भारतबाट धेरै आउने भएकाले नेपालीको मूल्य घटेको उनको भनाई छ । पहिला जिउदो खसी प्रतिकेजी ७ सय रुपैयाँ पर्थ्यो भने अहिले साढे ६ सय रुपैयाँ प्रतिकेजी जिउदो खसीको मूल्य रहेको छ । एउटा खसी उत्पादन गर्न प्रति महिना ५ सय लागत लाग्ने उनी बताउँछन् । एउटा खसी बाखाँ ३/४ केजी सम्मको हुने उनले बताए ।

उनले हालसम्म बाख्रामा ५÷६ लाख रुपैयाँ लगानी गरिसकेको बताए । पाठी धेरै उत्पादन भएकाले अहिले त्यसको उत्पादन हेर्न बाकी रहेको पनि बोका उत्पादनबाट सन्तुष्टी रहेको उनले बताए । २०७२÷७३ मा भिजिटिएको पढेका उनले अहिले ‘एनिमल साइन्स’मा डिप्लोमा गरिरहेका छन् । उनी यस पेसामा आउन चाहानेलाई एकै चोटी ठूलो लगानी गर्नुभन्दा सानो लगानीबाट सुरु गरी सिक्दै पछि ठूलो लगानी गर्न सल्लाहा दिन्छन् ।

‘ठूलो फम बनाउने भन्दा व्यवस्थापन सिकेर बाख्रा राख्नुपर्छ नत्र धेरै फमबाट बाख्रा ल्याउदा रोक लाग्न सक्छ । त्यसैले थोरै बाट सुरु गर्दा राम्रो हुन्छ,’ योन्जनले भने ‘धेरै हालेर धेरै कमाइने हैन । थोरैबाट पनि सिक्दै कमाउदै जान सकिन्छ ।’ झण्डै १७ वर्षदेखि कुखुरापालन गर्दै आएका उनले अहिले हप्तामा ४ हजार कुखुरा बजारसम्म पुर्याउने गरेका छन्