काठमाडौं । कृषि विकास बैंकले गैह्र आवाशीय नेपालीका लागि विदेशी मुद्राको वचत तथा मुद्धती खाताको प्रोडक्ट जारी गरेको छ ।अनलाईनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको शुरुवातपश्चात विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्दछन् ।
बैंकले आउंदो माघ ७ गते हुने ५५ औ वार्षिक उत्सवका अवसरमा सो खातको प्रोजेक्ट जारी गर्ने जनाएको छ ।यसबाट विदेशमा रहेका गैह्र आवाशीय नेपाली तथा विदेशी मुद्रामा तलव भत्ता प्राप्त गर्ने नेपालमा रहेको विदेशी नागरीकले आप्mनै घर/कार्यालयमा बसि बैंक खाता खोल्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।
बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक, सुरक्षित र सरल रहेने बैंकको दाबी छ । उक्त खाता खोल्नको लागि बैंकको वेभसाईट तथा https://onlineaccount.adbl.gov.npdf मा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको शाखा व्यवस्थापन विभागका का.मु.रुक्मिणी भट्ट उपाध्यायले वताइन् । सरकारी बैंकहरुमा निक्षेप तथा कर्जाका सेवामा विविधिकरण गर्दै प्रतिस्पर्धी वित्तीय वजारमा दिगो सेवा विस्तार गर्न कृषि विकास बैंक लागि परेको छ ।
यो सुविधाबाट विदेशी मुद्रामा स्वदेश तथा विदेशबाट खाता खोल्न सकिनेछ । विदेशबाट शुन्य मौज्दातमा खाता खोली स्विप्mटमार्फत रकम पठाई खातामा जम्मा गर्न सकिने व्यवस्था बैंकले गरेको छ । विदेशीमुद्राको खातामाप्रदान गरीने व्याजमा समेत यो बैंक अन्य बैंक भन्दा अगाडी रहेको छ । हालका लागि विदेशी मुद्राको मुद्धती खातामा ५.५ प्रतिशत र वचत खातामा ४.७५ प्रतिशत व्याज दिन सकिने कुरा बैंकले प्रकाशित गरेको व्याजदर सम्वन्धि सुचनामा उल्लेख गरेको छ ।
यसअघि रेमिटान्स वचत खाता र रेमिटान्स मुद्धती खाता समेत सुरु गरी सकेको र रेमिटान्स वचत खातामा ७.१० तथा रेमिटान्स मुद्धती खातामा ११.०५ प्रतिशत व्याज प्रदान गरिरहेको बैंकले जनाएको छ ।