त्रिवि भन्सार कार्यालयले गर्यो लक्ष्य भन्दा १ अर्ब ८४ करोड बढी राजस्व संकलन

२०७८ माघ ३ गते प्रकाशित

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८४ करोड भन्दा बढी राजस्व संकलन गरेको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चालु आ.व.२०७८र७९ को ६ महिना साउन देखि पुष महिनामाको अवधीमा कूल रू. १३ अर्ब ५६ करोड राजस्व सङ्कलन गरेको विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए । यस अवधीको लागि कार्यालयलाई तोकिएको राजस्व असुली लक्ष्य रू. ११ अर्ब ७२ करोडको तुलनामा सङ्कलित राजस्व ११५.७ प्रतिशत हुन आउँछ ।

त्यसै गरी गत आ.व.२०७७र७८ को प्रथम ६ महिनाको कार्यालयले गरेको राजस्व असुली रू.८ अर्ब ४ करोडको तुलनामा चालु वर्षको सोही अवधीको राजस्व असुली ६८.६ प्रतिशतले वृद्धि भएको हो ।

भट्टराईले पछिल्लो अवधीमा विशेषगरी विदेशबाट आयात हुने वस्तुको भन्सार जाँचपास गर्दा मूल्याङ्कनमा गरिएको सुधार एवम् यात्रुले ल्याउने सुन तथा सुनका गहना र मोबाईलको प्रभावकारी नियमनले गर्दा नै राजस्व असुलीमा यस किसिमको सफलता प्राप्त गर्न सकेको बताए । साथै कर्मचारीको कार्यक्षमतामा अभिवृद्धि गर्नका लागि कार्यालयले आयोजना गरेका विभिन्न तालिमको कारणले पनि उनीहरूको कार्यसम्पादनमा बढोत्तरी हुँदै गएको छ ।