काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार ७०० पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदी तोलामा ३० रुपैयाँले बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२८५ रुपैयाँ कायम गरिएको छ ।