काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
आज ६१३ जना कोरोना भाइरस संक्रमणमुक्त भई घर फर्किएका छन भने । ४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
