काठमाडौं । कालो केशमा ‘रेलिमई’ नामक म्युजिक भिडियोको युट्युव प्लाटफर्ममा करोड क्लवमा प्रवेश गरेको छ । अर्थात उक्त गीतको म्युजिक भिडियोको भ्युज करोड पुगेको हो ।
निकै मौलिक र समसामयिक बिषयवस्तुमा आधारित रहेको लोक आधुनिक गीतको म्युजिक भिडियो दशैंकै संघारमा सार्वजनिक भएको थियो । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज भएको छ ।
ठेट मौलिक लोक लयमा आधारित गीतको लय, संगीत र स्वर दिनेश ढकालले गरेका छन् । पहिलो गीत नै भाइरल बनेपछि ढकाललाई स्टेज कार्यक्रम र मेला महोत्सवमा भ्याइ नभ्याइ छ । साथै, म्युजिक भिडियोमा दिनेश ढकाल, अल्का सुवेदी, राजन न्यौपाने, सुक्रिति उप्रेती, शिव थापालगायतको अभियन छ ।
गाउँबाट सहर आए पछि काम खोजीमा भौतारिनु पर्ने, रेष्टुरेन्ट तथा क्याफेमा काम गर्दा मालिकहरुले गर्ने व्यवहार, र काम गर्दागर्दै माया बसेको र गरिब–धनीबीचको जीवनशैलीलाई समेत म्युजिक भिडियोमा देखाउन खोजिएको छ।
उक्त म्युजिक भिडियोको भिडियो र निर्देशन कलाकार मानव सुवेदीले गरेका छन भने सो गीत आर्टमाण्डु स्टुडियोबाट रेकर्डिङ गरिएको थियो ।
भिडियो हेर्नुहोस,