थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

२०७८ माघ ८ गते प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १ सय ८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।