काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परिक्षणमा अध्यक्ष ओलीसहित उनकी पत्नी राधिका शाक्यलाई कोभिड १९ संक्रमण देखिएको हो ।
केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो । हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको जनाईएको छ ।
