काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । भने आज कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ ।