नेपालको जनसंख्या २ करोड ९१ लाख, पुरुषभन्दा ६ लाख बढी महिला

२०७८ माघ १२ गते प्रकाशित

काठमाडौं । पछिल्लो पटक गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो।

नेपालको जनसंख्या वृद्धिदर ०।९३ प्रतिशत छ। यो सन् १९९८पछिको सबैभन्दा न्यून हो। १९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको बढेको छ। वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यसैपालि हो। नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ। अर्थात पुरुषको तुलनामा महिना ६ लाख भन्दा बढी छ ।