सरकारले बढायो दूधको मूल्य, प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य वृद्धि

२०७८ माघ १८ गते प्रकाशित

काठमाडौं । सरकारले दूधको समर्थन मूल्य कायम गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गर्दै ५६.०४ रुपियाँ कायम गरेको हो ।

यसअघि दूधकको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, किसानलाई उत्पादन लागतका आधारमा दूधको मूल्य वृद्धि भएको हो ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको समर्थन मूल्य प्रतिलिटरमा १० रुपैयाँ वृद्धि गरि सिफारिस गरेको थियोे ।