काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ ।
बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल पनि भइरहेको जानकारी दिँदै त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग पनि छलफल गर्ने बताए ।
धेरै खर्चभन्दा सानो खर्चमा हुने उद्योग खोल्ने उनले बताए।