काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ११ हजार ५ सय ८२ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा संक्रिमित थपिएका हुन् ।
आज ७ हजार ५५५ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् । भने कोरोनाका कारण आज १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।