थप २५२६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

२०७८ माघ २१ गते प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टा नेपालमा थप २ हजार ५२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ११ हजार ७३ जनामा कोरोना परिक्षण गर्दा सो संख्यामा सक्रमित थपिएका हुन् ।

आज ८ हजार ४२५ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । त्यसैगरी आज कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ ।

विराटनगर । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ …