आधुनिक कृषि उपकरणमा युवाको आकर्षण

२०७८ माघ २४ गते प्रकाशित

काठमाडौं । पाल्पामा पछिल्ला वर्षमा आधुनिक कृषि उपकरणको प्रयोगमा युवा आकर्षित भएका छन् । कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगले उत्पादनमा सहज तुल्याएको छ ।उन्नत जातका पशुपालन गर्ने युवा आधुनिक उपकरण प्रयोग गर्दै उत्पादनमूलक काममा व्यस्त रहन थालेका छन् । आधुनिक औजारको प्रयोगले पशुपालनका साथै कृषिको उत्पादन वृद्धिले आम्दानीसमेत राम्रो हुन थालेको बताइन्छ ।

आधुनिक यन्त्रले छिटोछरितो रुपमा काम गर्न पाएपछि किसानमा उत्साह छाएको हो । खेतीबारी खनजोन, गाईभैँसीका लागि घाँस काट्न र दाना उत्पादनमा समेत सहज भएको छ । तानसेन नगरपालिका–९ मदनपोखराका अनुपम भुसाल व्यावसायिक रुपमा उन्नत जातका बाख्रापालनमा व्यस्त छन् । बाख्रालाई भुइँघाँस मेसिनले कटान गरी भाडामा खुवाउँदा घाँसको सदुपयोग हुने बताउछन् । उनका अनुसार आधुनिक उपकरणको प्रयोगले घाँस काट्न मिहिनेत नै कम गर्नु परेको छ ।

पहिले पहिले घाँस काटेर हालिदिन निकै गाह्रो थियो । तीन भारी घाँस काटेर हाल्नुपथ्र्योे, घाँस बाख्राले खानेभन्दा बढी भुइँमा कुल्चने र कुहिएर नास गर्दा दुःख मात्र हुने समस्या थियो । अहिले एक भारी घाँस मेसिनले कटेर खुवाउँदा बाख्रालाई प्रशस्त पुग्ने र यस्ता प्रविधिको प्रयोगले कृषि तथा पशुपालनका क्षेत्रमा काम गर्न उत्साह थपेको कृषक भुसालले बताए ।

तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकास्थित ग्रामीण आर्थिक विकास सङ्घ ९रेडा० र हेफर प्रोजेक्ट नेपालले कृषि तथा पशुपालनका लागि आधुनिक उपकरणका लागि सहयोग गर्दै आएको छ । उपरकणको प्रयोगबाट घाँस काट्न र दाना बनाउन सहज भएको रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बताए ।

उपकरणको सहायताले कृषि तथा पशुपालनका क्षेत्रमा मिहिनेतअनुसारको प्रतिफल प्राप्त भएको र यसबाट कृषि क्षेत्रमा अनावश्यक मिहिनेत गर्नुपर्ने बाध्यता हटेको नगरपालिकाका प्राविधिक दानबहादुर कुवँरले जानकारी दिए । अझै पनि आधुनिक उपकरणको प्रयोग सबै किसानको पहुँचमा नभएकाले कतिपय किसान परम्परागत प्रणालीबाटै खेती गर्न बाध्य छन् ।

काठमाडौं–कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयकोको जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा …