काठमाडौं । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको जनाइएको छ ।
यसअघि निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गरेको थियो ।