थप १ हजार ३६९ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

२०७८ माघ २७ गते प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार २३८ रहेको छ भने कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।