निजी डेरी उद्योगले छुट्टै तोके दूधको मूल्य, अब निजी डेरीको दूध लिटरको ८६ रुपैयाँ

२०७८ माघ २८ गते प्रकाशित

काठमाडौं । निजी डेरी व्यवसायीहरुले दूधको मूल्य परिमार्जनसहित बढाएर निर्धारण गरेका छन् । यसअघि दूूग्ध विकास संस्थान(डीडीसी)ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैया बढाउँदै प्रशोधित दूध प्रति प्याकेट ४२.५० रुपैयाँ कायम गरेको थियो । उक्त निर्णयप्रति आपत्ति जनाउँदै निजी डेरी उद्योगीले दूूधको मूल्य वृद्धि आफ्नो ठंगले गरेका हुन् ।

यसअघि निजीक्षेत्रका डेरी उद्योगले डीडीसीले नै निर्धारण गरेको मूल्यमा दूधको बिक्रि गरेका थिए । डीडीसीले निजी डेरी उद्योगलाई धराशायी हुने गरी आफुुखुसी दूधको मूल्य वृद्धि गरेको भन्दै डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले आपत्ति जनाएका छन्।

शुक्रबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै निजी डेरी उद्योगीहरुले आउँदो फागुन १ गतेदेखि लागू हुने गरी किसानबाट खरिद गरिने कच्चा दूधको मूल्य सहकारी संस्थाहरुमा समेत गरी (४ प्रतिशत फ्याट(चिल्लो पदार्थ) र ८ प्रतिशत एसएनएफ(ठोस) को ५३.४५ बाट वृद्धि गरी ६२ रुपैयाँ कायम गरेका छन् ।

त्यस्तै, चितवनलाई आधार मानेर उपभोक्ता मूल्यको हकमा प्रशोधित दूध प्रति प्याकेटको मूल्य ४३ रुपैयाँ कायम गर्ने उद्योगीको निर्णय छ ।

जहाँ कि, डीडीसीले दूधको उपभोक्ता मूल्य प्रति प्याकेट ४२.५० रुपैयाँ तोकेको थियो । डीडीसीले प्रतिलिटर दूधको उपभोक्ता मूल्य ८५ रुपैयाँ तोकेको थियो । अब निजी डेरीवालाहरुले भने प्रतिलिटर दूधको मूल्य ८६ रुपैयाँमा बिक्रि गर्ने भएका छन् ।

यसअघि दूधको मूल्य निर्धारण गर्न सबै सरोकारवाला निकायको सहभागीतामा दग्ध विकास बोर्डको संयोजकत्वमा गठित मूल्य निर्धारण समितिले लागतका आधारमा प्रशोधित दूधको बिक्रि मूल्य १० रुपैयाँ बढाउन सिफारीस गरेको थियो ।

त्यसउपर कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट निर्णय नभएपछि उक्त प्रस्तावलाई मन्त्रिपरिषद्मा लगियो । मन्त्रिपरिषद्ले कच्चा दूधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गर्ने निर्णय गर्यो । तर, उपभोक्ता मूल्य लागतका आधारमा दूूग्ध विकास संस्थानलाई दिइदा उसले प्रतिलिटर ९ रुपैयाँ वृद्धि गरी प्रतिलिटर दूूधको मूूल्य ८५ रुपैयाँ कायम गरेको थियो ।

डीडीसीको निर्णय निजी डेरी उद्योगलाई धराशायी बनाउने मनसायले गरिएको नेपाल डेरी एशोसिएसनका अध्यक्ष राजकुमार दाहालको भनाई छ । शुक्रबारदेखि डीडीसीले दूधको मूूल्य प्रतिप्याकेट ४२.५० रुपैयाँ निर्धारण गरे पनि बजारमा व्यापारीले ५० पैसा फिर्ता नदिएको र ४३ रुपैयाँ नै उपभोक्ताबाट उठाइरहेका छन् । ५० पैसा फिर्ता नगरेर व्यापारीले नै कुम्ल्याउने गरी डीडीसीले अव्यवहारिक निर्णय गरेको निजी डेरी उद्योगीको आरोप छ ।

किसानलाई राहत

डीडीसीको तुलनामा निजी डेरी उद्योगले किसानलाई थप एक रुपैयाँ फाइदा हुने गरी दूूधको मूल्य निर्धारण गरेका छन् । जसका कारण किसानलाई प्रत्यक्ष फाइदा पुुग्नेछ । डीडीसीले उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढायो भने निजी डेरी उद्योगले किसानलाई एक रुपैयाँ थप गरेर प्रतिलिटरमा १० रुपैयाँ पुुर्याएका छन् ।

प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५०० एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ थियो । अब पाँच सय एमएलको एक प्याकेटको खुद्रा बिक्री मूल्य ४३ रुपैयाँ कायम भएको छ।

हालको मूल्य वृद्धिको रकम ७० प्रतिशतभन्दा बढी किसानको हातमा पुुग्ने निजीक्षेत्रले जनाएको छ । डीडीसीले दूध किसानलाई धराशायी बनाउने ढंगले निर्णय गरेको नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।