कलकत्ता आइपुग्यो २० हजार टन डीएपी, एक/दुई दिनभित्रै नेपाल आउने

२०७८ फाल्गुन ५ गते प्रकाशित

काठमाडो. । इजिप्टबाट ग्लोबल टेन्डरमार्फत खरिद गरिएको २० हजार टन डीएपी मल कलकत्ता आइपुुगेको छ । उक्त मल अबको एक दुुई दिन भित्र नेपाल आइपुुग्ने कृषि सामग्री कम्पनीले जनाएको छ ।

‘उक्त परिमाणको मल आपूर्तिकर्ता कम्पनीले कलकत्ता बन्दरगाहमा ल्याइसकेका छ ।’ कम्पनीका कार्यबाहक प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले भने, ‘ अब एक दुुइ दिनमा उक्त मल नेपाल आइपुग्छ ।’

यदि अन्य काबु बाहिरको परिस्थिति सिर्जना नभए उक्त मल छिट्टै आइपुग्ने उनको भनाई छ । किसानलाई मल आपूर्तिको सुनिश्चितता गर्न र अभाव हुन नदिने गरी कम्पनीले बाँकी ठेक्का अघि बढाउने उनले बताए ।

ठेक्का भइसकेको मल छिट्टै ल्याउन पहल गर्ने र आगामी वर्षको खेती हुने सिजनका लागि मलको सुनिश्चितता गर्न अहिले नै ठेक्का लगाउनुपर्ने उनको भनाई छ । स्वीस सिंगापुर कम्पनीमार्फत ठेक्का सम्झौता भएर मल आउने भएको हो ।