काठमाडौं । पछिल्लो समय खाद्य पदार्थ तथा खाद्यान्नजन्य वस्तु र प्रशोधित पिउने पानीको गुुणस्तर खस्किदै गएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दोस्रो त्रैमासिक अवधिमा गरेको बजार निरिक्षण र अनुुगमनका क्रममा खाद्यान्न र पिउने पानीका नमुुना सबैभन्दा बढी प्रतिकुल देखिएका हुन् ।
साउन १ देखि पुुस मसान्तसम्म विभागले गरेको अनुुगमनका क्रममा कुल २१२४ नमुना संकलन गरेको थियो । सोमध्ये ९०० नमुनाहरुको विश्लेषण गर्दा ९४ ओटा नमुना प्रतिकुल रहेको पाइयो । जसमा खाद्यान्नमा २२ नमुना र प्रशोधित पिउने पानीका १५ ओटा नमुना न्युून गुणस्तर र प्रतिकुल पाइएको विभागले जनाएको छ ।
विभागले शुुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै खाद्य पदार्थ र पिउने पानीको नमुुनाहरु तुलनात्मक रुपमा बढी प्रतिकुल पाइएको हो । त्यस्तै फलफुल तथा सागपातजन्य पदार्थका ११ ओटा, दूध र दूग्धजन्य पदार्थका ५ वटा, तेल तथा घ्युजन्यका ३ वटा, चिया तथा कफीका ३ वटा, मसला पदार्थका २ वटा, , मासुजन्य पदार्थका १ वटा र दाना पदार्थका ४ वटा नमुना लगायत अन्य खाद्य पदार्थका ८ वटा नमुना प्रतिकुल रहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।
सो अवधिमा खाद्य ऐन तथा नियमअनुसार न्युुनस्तर र दुुषित उत्पादन तथा विक्रिवितरण गरेको कसुरमा ११ थान मुुद्धाहरु र अर्धबार्षिक अवधिमा ३८ मुद्धाहरु विभिन्न जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा दायर गरिएको उनले बताए ।