बेमौसमी बर्षाका कारण पीडित धानबाली किसानलाई राहत दिन एक अर्ब निकासा

२०७८ फाल्गुन ९ गते प्रकाशित

काठमाडौं । गएको असोज २९ देखि कात्तिक २ गतेसम्म मुलुुकभर बेमोसमी बर्षाका कारण पीडित धानबाली किसानलाई राहत दिन सरकारले एक अर्ब रुपैयाँ निकासा गरेको छ ।

सोमबार कृषि तथा पशुुपन्छी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव गोविन्द शर्माले अर्थ मन्त्रालयले बेमौसमी वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिन एक अर्ब रुपैयाँ निकासा गरेको जानकारी दिए।

धान बालीमा क्षति बेहोरेका किसानलाई गृह मन्त्रालयले किसानको खातामा उपलब्ध गराउने गरी रकम निकासा भएको जानकारी दिए ।

निकासा रकम स्थानीय तहबाट प्रमाणीकरण भएका लाभग्राही किसानहरुलाई दिने सचिव शर्माले जानकारी दिए । विशेष गरेर प्रमाणीकरण भएर आएका इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, सिरहा, बारा, रौतहट, मकवानपुर, रसुवा, काभ्रे, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बर्दिया, दाङ, रोल्पा, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके, प्युठान, हुम्ला, जुम्ला, कालीकोट, डडेलधुरा, बाजुरा, बैतडी, कञ्चनपुर र कैलालीका किसानलाई राहत उपलब्ध गराउने निर्णय भएको हो ।