काठमाडौं । एमसिसीविरुद्ध विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले गरेको नेपाल बन्दका कारण अत्यावश्यक दूग्ध र दूूग्धजन्य पदार्थ बोकेका गाडीमाथि प्रदर्शनीकारीले तोडफोड गरेका हुन । सोमबार बिहान बनेपाबाट सुकेधारा आउँदै गरेको शुुभारम्भडेरी एन्ड इन्डष्ट्रि प्रालिको दूूध ढुवानी गर्ने गाडीमाथि प्रदर्शनकारीले तोडफोड गरेका हुन् ।
प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा दूूधको गाडीको अगाडीको सिसा फुटेको छ भने गाडीभित्रको सामानमा पनि क्षति पुुगेको जनाइएको छ । त्यस्तै, अन्य केही ठाउँमा पनि दूधका गाडीलाई अवरोध गरिएको नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहाल बताउँछन । यता,नेपाल डेरी एशोसिएसनलगायत डेरी व्यवसायीले दूध ढुवानी गर्ने सवारीसाधनमाथि तोडफोड हुनु दुखद पक्ष र निन्दनीय रहेको बताएका छन ।
उनले दूूध ढुवानी गर्ने साधनमाथि तोडफोड गरिनु निन्दनीय रहेको बताउँदै अत्यावश्यक दूग्धपदार्थको निर्वाध ढुवानी र सञ्चालनको व्यवस्था गर्न प्रशासन र सरोकारवाला निकायसँग आग्रह समेत गरेका छन् ।
विगतमा धेरै आन्दोलन र प्रदर्शन भए पनि दूूध बोक्ने सवारीसाधनमाथि तोडफोड नभएको र अहिलेको घटना पहिलो पटक घटेको उनको बुुझाई छ । यसअघि सरकारले दूूग्धपदार्थ बोक्ने सवारीसाधनलाई एम्बुलेन्स सरह निर्वाध रुपमा ढुुवानी गर्न सक्ने गरी छुुट्टै लोगो प्रदान गरे पनि त्यसको खिलापमा प्रदर्शनकारीले दूूधको गाडीमा तोडफोड तथा अवरोध गरिरहेका छन् ।
आइतबार प्रतिनिधी सभाको बैठकबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) व्याख्यात्मक घोषणासहित पारित गरेको विरोधमा विप्लवलगायतका दलहरुले नेपाल बन्दको घोषणा गरेका थिए ।