काठमाडौं । नेपाल र भारत सरकार-सरकारबीच(जीटुजी)मार्फत रासायनिक मल खरिद गर्न भारतसँग छलफल हुँदैछ । यसअघि नेपालले पाँच वर्षका लागि जीटुजीमार्फत मल खरिद गर्न भारतसँग प्रस्ताव पेश गरेको थियो । सो प्रस्तावउपर जीटुजीमार्फत मल खरिद गर्ने गरि दुवै देशबीच समझदारीपत्र(एमओयू) गर्ने बिषयमा छलफल हुने जनाइएको छ ।
कृषि सामग्री कम्पनी कामु प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले लामो समयपछि भारतसँग मल खरिद प्रक्रिया जीटुजीमार्फत अघि बढाउने गरि छलफल गरिने बताए । सोमबार दिउँसो ३ बजेदेखि भारतीय पक्ष र कृषि मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल माध्यमबाट छलफल हुँदैछ । सम्भवत: आजको बैठकले जीटुजी सम्झौता माथि एमओयू हुने/ नहुने टुंगो लगाउने कृषि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।