काठमाडौं । नेपाललाइ आगामी पाँच वर्षका लागि भारतले सरकार-सरकारबीच(जीटुजी)मार्फत रासायनिक मल उपलब्ध गराउने भएको छ । सोमबार नेपाली र भारतीय कृषि मन्त्रालयका प्रतिनिधिबीच भएको बैठकले जीटुजीमार्फत मल दिने गरि नेपाल र भारत सरकारबीच समझदारीपत्र(एमओयू)मा हस्ताक्षर भएको हो ।
अघि नेपालले पाँच वर्षका लागि जीटुजीमार्फत मल खरिद गर्न भारतसँग प्रस्ताव पेश गरेको थियो । सो प्रस्तावउपर जीटुजीमार्फत मल खरिद गर्ने गरि दुवै देशबीच समझदारीपत्र(एमओयू) भएको हो ।
‘भारतसँग रासायनिक मल खरिद जीटुजीमार्फत गर्न एमओयू भएको छ । यो नेपाली किसान दाजुभाइका लागि शुखद निर्णय हो’ कृषि सामग्री कम्पनी कामु प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले भने, ‘दुबै देशबीच भर्चुअल माध्यमबाट हस्ताक्षर आदान प्रदान गरिएको छ ।’
जीटुजी सम्झौतासँगै नेपालले भारतबाट यो वर्ष ५० हजार मेट्रिक टन र दोस्रोपल्ट १ लाख ५० हजार मेट्रिक टन गरि आयात बढाउने सहमति भएको छ ।