काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर रु ९९ हजार ९०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९८ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला १ हजार ३८० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा हुने उतारचढावका आधारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९३५ डलर आसपास कारोबार भइरहेको छ ।