किसानलाई कुखुराको मासु किलोमै ५२ रुपैयाँ घाटा

२०७८ फाल्गुन २२ गते प्रकाशित

काठमाडौं । कुखुरापालन किसानले प्रतिगोटा कुुखुराको उत्पादन लागतका आधारमा ५२ रुपैयाँ घाटा ब्यहोर्नुपरेको छ । नेपाल कुुुखुरापालक किसान संघका अनुसार, प्रतिगोटा कुुखुुराको सम्पूर्ण लागत कटाएर तयारी मासु तयार गर्दासम्मको लागत हिसाव गर्दा उक्त घाटा हुन पुुगेको हो ।

संघका अनुसार, प्रतिगोटा कुुखुरा उत्पादन गर्न ५ सय ५५ रुपैयाँ खर्च लाग्छ । एउटा कुुखुुरा सामान्यतया २२०० ग्राम तौलको हुन्छ । प्रति ग्रामलाई लागत रुपैयाँ भाग गर्दा प्रतिकेजी २५२ रुपैयाँ पर्न जान्छ । तर, किसानले २०० रुपैयाँ केजीका दरले बिक्रि गर्दा किसानलाई उल्टै घाटा हुुन पुगेको हो ।

हप्तैपिच्छे दानाको मूूल्य र चल्लाको मूूल्य बढाउँदा कुुखुुरापालक किसानलाई उत्पादन लागत बढी हुुँदा घाटा हुुँदै गएको संघका अध्यक्ष झनक पौडेलले बताए । उनले कुुखुरापालक किसान पेशाबाट नै पलायन हुँदै भन्दै सरकारले राष्ट्यि स्तरको मूूल्य निर्धारण समिति गठन गरी न्यूनतम समर्थन मूल्य तोकिदिनुपर्ने बताए ।

‘अहिले किसानले प्रतिकेजी मासुु तयार गर्दासम्म लागत २५२ रुपैयाँ पर्छ भने २ सय रुपैयाँमा बिक्रि गरेर किसानको हातमा नाफा कति रुपैयाँ पर्छ ? उनले प्रश्न गर्दै भने, ‘यसमा सरकार पनि गम्भीर हुनुुपर्छ ।’

यस्तो छ, उत्पादन लागतसहितको मूल्यसूचीः

पछिल्लो पटक त झन ब्रोइलर कुुखुराको मासुको भाउ बढेको छ । किसानबाट साढे २ सय हाराहारीमा खरिद गरेर व्यापारीले झन्डै दुई गुणा नाफा गरिरहेका छन् । पछिल्लो पटक बजारमा ब्रोइलर कुुखुुराको तयारी मासुको मूल्य प्रतिकेजी ४०० रुपैयाँ पुुगिसकेको छ ।

ह्याचरी र दाना उद्योगीको सिन्डिकेटका कारण कुखुुरापालक किसान पेशाबाट नै पलायन हुुने अवस्था आएको पौडेलले बताए । उनका अनुसार, अहिले दानाको मूूल्य ८४ रुपैयाँ पुगेको छ । दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थ जस्तैः मकै, भटमासको पिना,सोयबिनको पिनालगायतका विदेशबाट नै आयात हुने गरेको छ ।

कुखुुरापालन क्षेत्रमा दिनानुुदिन औषधी, चल्ला र दानाको मनपरी रुपमा अत्यधिक मुल्यवृद्धि हुँदै जाँदा किसानहरुको उत्पादन लागत बढ्नु तर बिक्रि मुल्य घट्दा किसान मर्कामा पर्दै गएको किसानहरुले बताएका छन् ।