काठमाडौं । कहिलेकाँही हामीलाई असाध्यै अमिलो र पिरो खान मन लाग्छ । त्यसमा पनि चटपटे र पानीपुरी भने पछि हामी हुरुक्कै हुन्छौं । तर, बाहिर सडक र गल्लीमा बेच्न राखिएको चटपट र खानेकुरा नखान विज्ञहरुले सुुझाव दिएका छन् ।
खासगरी, कुनै कागजमा ‘र्यापिङ’ गरिएको वा बेरेर दिएको चटपटे त झनै खान नहुुने जनाएको छ । कागजमा बेरिएको चटपटेले मानव स्वास्थलाई प्रत्यक्ष असर पुुर्याइरहेको हुन्छ ।
प्रायः चटपटे व्यापारीले लेखिएको कागजमा बेरेर चटपट दिन्छन् । उक्त कागज वा पेपरमा लेखिएको मसिमा ‘लिड’ वा एसिड तत्व हुुने र त्यसले मानव स्वास्थ्यलाई नै असर पुर्याउने भएकाले सकभर सडक र चोकका पसलमा कागजमा बेरिएर दिइएको चटपट खान नहुने खाद्य प्रविधि तथा गुुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जन बताउँछन् ।
सकभर चटपटे खानै परे सफा भाँडोमा घरमै बनाएर खान उनको सुुझाव छ ।