नक्कली धानको बीउबाट ठगिएका किसानलाई क्षतिपूर्ति दिन आलटाल, किसान आन्दोलित

२०७८ फाल्गुन २७ गते प्रकाशित

काठमाडौं । धेरै फल्ने बाहना बनाएर नक्कली डी–वाई २८ जातको धानको बीऊ बेच्ने वितरक कम्पनी काष्ठमण्डप ट्रेड प्वाइन्टले किसानको क्षतिपूर्ति दिन आनाकानी गरेको छ । यसअघि कम्पनीले क्षतिको विवरण संकलन गरी पुुस १५ गतेभित्र पीडित किसानलाई क्षतिपूर्ति दिने सहमति गरे पनि अहिलेसम्म किसानले क्षतिपूर्ति पाएका छैनन् ।

सरकारी निकायका प्रतिनिधी, कृषक प्रतिनिधी, सरोकारवाला निकाय र कम्पनीबीच पीडित किसानलाई क्षतिपूर्ति दिने निर्णय गरिए पनि कम्पनीले क्षतिपूर्ति दिन आनाकानी गर्दै आएको छ । तथापी, अहिले पनि कम्पनीले किसानलाई क्षतिपूर्ति दिनबाट पन्छिदै आएको किसानहरुको गुनासो छ ।

कम्पनीले क्षतिपूर्ति दिने गरी लिखित सहमति गरे पनि किसानलाई क्षतिपूर्ति दिन बारम्बार आलटाल गरिरहेको छ । गत कात्तिक पहिलो साता भक्तपुर चाँगुनारायण नगरपालिका–६ मा करिब एक हजार रोपनी क्षेत्रफलमा लगाइएको धानमा बाला नलागेर किसानलाई ठूलो क्षति पुुगेको थियो ।

चिनिँया जातको डी वाई २८ नामको हाइब्रीड धानको बीऊ आयात गरी सो कम्पनीले बिक्रि वितरण गरेको थियो । भक्तपुरको सुुर्यविनायक नगरपालिका ४ को दधिकोट, ललितपुरको लेलेलगायत काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा किसानले उक्त बीऊ लगाएका थिए ।

डी वाई २८ जातको धानको बीऊ लगाएपछि धानको बाला नलागेर भुसमात्रै फलेपछि किसान पीडामा परे । किसानलाई क्षतिपूर्ति दिएर पीडामा मल्हम लगाउनुको सट्टा काष्ठमण्डपले उल्टै किसानलाई रुवाईरहेको छ । बीऊबिजन गुुणस्तर तथा नियन्त्रण केन्द्रका अनुसार, बीऊ बितरक कम्पनीले क्षतिपूर्ति दिन आनाकानी गरिरहेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

सहमति भएको करिब पाँच महिना बितिसक्दा पनि किसानले क्षतिपूर्ति नपाएको र कम्पनीले क्षतिपूर्ति दिन आनाकानी गरेको भन्दै किसान यतिबेला आन्दोलित भएका छन् ।

राष्ट्रिय कृषक समुह महासंघ नेपालले विज्ञप्ती जारी गर्दै पीडित धानबाली किसानको अधिकारका लागि चरणबद्ध अभियान तथा आन्दोलन गर्ने जानकारी दिएको छ । लिखित सहमति गरेर पनि किसानलाई क्षतिपूर्ति नदिई राज्यका जिम्मेवार निकाय र कानुनलाई चुनौती दिँदै कम्पनीले किसानलाई निराश बनाएको महासंघका अध्यक्ष नवराज बस्नेतले जानकारी दिए । पीडित किसानले यथास्रीघ क्षतिपूर्ति उपलव्ध गराउन दबाबमूलक कार्यक्रम घोषणा गरिएको उनले बताए ।

यो पनि पढ्नुहोस, नक्कली बीउ बिजनबाट सधैं किन ठगिन्छन् किसान ?

महासंघले पीडित किसानलाई अविलम्ब क्षतिपूर्ति उपलव्ध गराउन फागुन ३० गते २०७८ मंसिर १ मा भएको सहमतिमा हस्ताक्षर गर्ने पक्षहरुसमक्ष सहमतिको स्मरण गराउँदै अल्टिमेटमसहित पत्र पेश गर्ने, चैत्र १० गते न्यायिक उपचारको खोजी गर्ने र चैत्र १० देखि १५ गतेसम्म सम्वन्धित सरोकारवाला निकायको कार्यालय घेराउ गर्ने घोषणा गरेको छ ।

हेर्नुस, महासंघको विज्ञप्ती

No photo description available.

यता, अखिल नेपाल किसान महासंघलगायतका केही किसानका संघ संगठनहरुले फागनु २७ गते अर्थात आज पीडित किसानका पक्षमा माइतीघरमा प्रदर्शन गर्दैछन् ।