क्षतिपूर्तिको माग गर्दै माइतीघरमा किसानहरुको विरोध प्रदर्शन(फोटोफिचर)

२०७८ फाल्गुन २७ गते प्रकाशित

काठमाडौं । डी–वाई २८ जातको धानको बीऊका कारण बाला नलागेर क्षति व्यहोरेका किसानले उचित क्षतिपूर्ति यथास्रीघ गर्नुपर्ने माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । गत कात्तिकमा चिनिँया जातको डी वाई २८ हाइब्रीड धानको बीउ वितरक कम्पनी काष्ठमण्डप ट्रेड प्वाइन्टले किसानको क्षतिपूर्ति दिन आनाकानी गरे पछि किसानले शुक्रबार शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

अखिल नेपाल किसान महासंघ उपत्यका समन्वय समितिको आयोजनामा भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा किसानहरुले आफ्नो धानबालीको उचित क्षतिपूूर्ति दिलाउन सरकारसँग माग गरेका छन् । यसअघिसरकारी निकायका प्रतिनिधी, कृषक प्रतिनिधी, सरोकारवाला निकाय र कम्पनीबीच पीडित किसानलाई क्षतिपूर्ति दिने निर्णय गरिए पनि कम्पनीले क्षतिपूर्ति दिन आनाकानी गरेपछि किसान सडक प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका किसानले कृषि विमा खालागू गर, किसानलाई क्षतिपूर्ति दे, डी वाई २८ धान फलेन मेरो परिवारको जिविकोपार्जन कसरी गर्ने सरकार ?, खाद्य सम्प्रभुता कायम गरलगायतका विभिन्न नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।

विरोध प्रदर्शनमा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालले क्षतिपूर्ति दिन लिखित सहमति गरेको काष्ठमण्डप ट्रेड प्वाइन्टका सञ्चालक भूमिगत भएपनि किसानले पानी मुनी गए पनि नछाड्ने बताए । क्षतिपूर्ति दिनपर्छ भने भूमिगत तथा सम्पर्कविहीन भएको काष्ठमण्डका सञ्चालकलाई सम्पर्कमा ल्याएर किसानलाई क्षतिपूर्ति दिलाउन उनले सरकारसमक्ष माग गरे ।

यदि, उक्त बीउ वितरक कम्पनी सम्पर्कमा नआएमा चिनिँया बीउ उत्पादक कम्पनीलाई सम्पर्क ल्याएर किसानलाई उचित क्षतिपूर्ति दिलाउन आफु प्रतिवद्ध रहेको बताए । उनले किसानले समयमा मल, बीउ पाउन नसकेको बताउँदै सरकारले पीडित किसानलाई सहुलियतपूर्ण कर्जा र कर्जा मिनाहा गरिदिनुपर्ने बताए ।

हेर्नुस, फोटोफिचर

काठमाडौं–कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयकोको जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा …