काठमाडौं । सरकारले जीटूजी विधिअन्तर्गत भारत सरकारसँग मल खरिद गर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई दिएको छ ।
समझदारीपत्रमा भएको व्यवस्था बमोजिम ‘ज्वाइन स्टेरिङ कमिटीमा सहभागि हुन नेपालको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विकास महाशाखा सहसचिवको नेतृत्वमा टोली गठन गर्ने सरकारले निर्णय गरेको छ ।
त्यस्तै, मल खरिद गर्ने निकायको रुपमा कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।