भक्तपुरमा कौशीखेती मेला, १० हजार बढीले गरे अवलोकन

२०७८ चैत्र २ गते प्रकाशित

काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले यहाँको दुई पोखरीमा आयोजना गरेको कौशीखेती मेलामा १० हजार बढीले अवालकेन गरेका छन् ।

स्थानीयस्तरमा कौशीखेतीको प्रवद्र्धन गर्ने उद्देश्यले वातावरण र जनस्वास्थ्य संस्था ९एन्फो० तथा युएन ह्याविटेडको समन्वयमा नगरपालिकाको आयोजनामा मङ्गलबार सम्पन्न मेलाको समाजसेवी राधिका शाक्यले शुभारम्भ गरिन्।

कौशीखेतीबाट प्रभावित भएर आफूले पनि कौशीखेती गरेको जनाउँदै उनले देशैभरि घरघरको कौशीमा तरकारी उत्पादन गर्न सकेमा विदेशबाट निर्यात हुने तरकारीलाई घटाउन सकिने र स्वदेशी पैसा विदेशिनबाट रोकिने बताए।

कार्यक्रममा मध्यपुरथिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बढ्दो सहरीकरणसँगै खेतीयोग्य जमिन घट्दै गएको अवस्थामा तरकारी उत्पादनका लागि वैकल्पिक खेती प्रणाली अपनाउन नगरपालिकाले प्रोत्साहन गरेको जानकारी दिए। नगरपालिकाले यहाँका ३०० बासिन्दालाई कौशीखेती र प्राङ्गारिक मल उत्पादनबारे तालिम प्रदान गरेको छ ।

कार्यक्रममा एन्फो का कार्यकारी निर्देशक भावना शर्माले घरघरमा उत्पादन हुने फोहर पानी र कुहिने फोहरलाई व्यवस्थापन गरी कौशीखेतीमा प्रयोग गर्न सजिलो भएको बताइन । मेलामा २५ वटा प्रदर्शनी स्थल राखिएका थिए भने कौशीखेती गर्ने एक हजार ३०० महिलाको सहभागिता थियो । मेलाको स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, सरोकारवाला निकायलगायत १० हजारले अवलोकन गरेका जनाइएको छ । सो अवसरमा उत्कृष्ट कौशीखेती गर्ने दुई समूहलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

मेलामा महिलाले आ–आफ्ना कौशीमा फलाएका हरिया तरकारी, माटोबिनै तरकारी फलाउने हाइड्रोपोनिक प्रविधि, आकाशेपानी सङ्कलन र फोहरपानीको प्रयोग, फोहरको व्यवस्थापन, प्राङ्गरिक मल उत्पादन बनाउने विधि, विभिन्न कृषि प्रविधि, कृषि औजार, तरकारी र च्याउका प्रजातिलाई प्रदर्शनी कक्ष राखिएको थियो ।