राष्ट्रिय खाद्य बैंकले सञ्चालनमा ल्याएको आरकेबी मार्टमा यस्ता छन खाद्य ‘प्रडक्ट’ (फोटोफिचर)

२०७८ चैत्र ६ गते प्रकाशित

काठमाडौं । राष्ट्रिय खाद्य बैंकले शनिबार बौद्धस्थित तिनचुलीमा पहिलो पटक आरकेबी मार्ट सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमकाबीच बैंकले विभिन्न अर्गानिक र रैथाने खाद्यान्नसहितको मार्ट शुभारम्भ गर्यो ।

बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीका अनुसार, मार्टमा विभिन्न १०० प्रकारका कृषिउपजका आइटम उपलब्ध छन् । चालू आवभित्र लोकन्थली र कलंकीमा पनि बैंकले मार्ट सञ्चालनमा ल्याउने उनले बताए ।

मार्टमा खासगरी विभिन्न प्रकारका चामल, गेडागुडी, खुदो, सखर, पिठो, सुर्खानी, मह, घिउ, मकैको च्याख्ला, फापर, टिमुरलगायत रैथाने तथा स्थानीय खाद्य वस्तु उपलब्ध छन्।

बैंकले उपभोक्ताको घर(घरमा पुर्याउने गरि होम डेलिभरी सेवा सुरु गरेको छ भने फोन सम्पर्क गरी तथा मोबाइल एप्समार्फत सजिलै घरमा बसि आवश्यक खाद्यवस्तुको अर्डर दिन सकिने छ ।

यस्ता छन् खाद्य उत्पादनहरुः