काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा डेढ लाख टन रासायनिक मल ल्याउन नेपाल–भारत सरकारबीच(जीटुजी) विधिमार्फत ल्याउन समझदारी गरिसकेको छ । सो मल आयो भने आउँदो धान खेतीको सिजनका लागि अभाव टर्ने कृषि मन्त्रालय स्रोतको दाबी छ ।
तर, उक्त जीटुुजीको मल कहिलेसम्म आइपुुग्छ, यकिन भन्न सक्ने अवस्था छैन् । मन्त्रालय स्रोतका अनुसार जीटुजीमार्फत मल खरिदका लागि समझदारी भइसकेको र सार्वजनिक खरिद प्रक्रिया अघि बढिसकेको छ । सरकारले जीटुजी विधिमार्फत रासायनिक मल खरिद गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिसकेको छ । र, मन्त्रालयअन्र्तगतको कृषि सामग्री कम्पनीलाई जिम्मेवारी दिएको छ ।
यता, कृषि सामग्री कम्पनीले जीटुजीका लागि आवश्यक खरिद प्रक्रिया, विधि र मापदण्ड बनाएर मल ल्याउने तयारी गरेको छ । कम्पनीका कायममुुकायम प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जीटुजीको विधि र सार्वजनिक खरिद प्रक्रियालाई टुुंग्याएर मल खरिद गरिने बताएका छन् । उनका अनुसार, आउँदो बैशाख मसान्तसम्ममा जीटुजीको मल ल्याउने सोचका साथ आवश्यक प्रक्रिया अघि बढाएको बताएका छन् ।
जीटुजीमार्फत मल खरिद गर्न भारतीय सरकारका प्रतिनिधी र नेपाली पक्षबीच छलफल भइसकेको र सार्वजनिक खरिदलाई प्रकृयासम्मत रुपमा मल ल्याउन पहल भइरहेको कार्कीले जानकारी दिए । भारत सरकारले पनि जीटुजीमा मल दिन सहमत भइ हस्ताक्षर गरेकाले मल आउनेमा ढुक्क रहेको कार्कीको भनाई छ ।
जीटुजी विधिमार्फत सरकारले आगामी पाँच वर्षसम्म रासायनिक मल ल्याउने छ ।