काठमाडौं । निरन्तर कडा परिश्रम र मेहनत गर्यो भने सफलतासँगै नाम र दाम दुुबै कमाउनकुनै गाहे हुँदैन । बशःकर्मप्रतिको लगाव र निरन्तरता चाहियो । यसमध्ये केशव कार्कीको नाम च्याऊ खेती गर्ने धेरैका लागि परिचित नाम हुन सक्छ ।
पाल्पाको तानसेन नगरपालिका ५, डहरेपिपलका केशव कार्की यस्तै एक सफल च्याऊ किसान हुन् । उनले १४ वर्षअघि आफ्नै जग्गामा करिब ५० हजार रुपैयाँ लगानीमा च्याउ खेती सुरु गरे ।
जेनतेन ऋणधन खोजेर च्याऊ खेती थालनी गरेका कार्की यतिबेला लुम्बिनी प्रदेशकै अगुवा च्याऊ किसानका रुपमा आफ्नो पहिचान बनाइसकेका छन् । चिन्नेहरुले उनलाई स्थापित र सफल च्याऊ किसानका रुपमा चिन्छन् ।
निरन्तरको कर्म र परिश्रमले अन्ततःउनलाई नाम र दाम दुवै दियो । अहिले उनले च्याऊ खेतीबाट मात्र वार्षिक ३ करोड रुपैयाँको कारोबार गर्छन् । जडिबुटीसम्वन्धि औषधीमूलो गर्ने काम सँगसँगै गर्ने कार्कीलाई च्याऊ खेतीले ठूलो सफलता दिएको छ ।
वि.सं २०६० सालतिर उनले तानसेन बजारमा खेर गएको खोलाको पानी ट्यांकरमा बेच्ने व्यवसाय गर्थे । उनले घर घरमा पानीको आपूर्ति गर्थे । ‘बगेको पानीलाई पैसा बनाऊ’भन्ने मेरो सोँच हुन्थ्यो, उनले भने ।
पानी व्यवसाय एकातिर छँदै थियो ।
एकदिन उनी साथीसँग च्याऊ किन्न बजार गए । तर, बजारमा च्याऊ पाइएन् । बल्लतल्ल एक च्याऊ फार्म पुुगेर आधाकिलो च्याऊ किनेर तीनजना साथीहरुले बाँडीचुडी खाएको उनी सम्झन्छन् । बाँडेर खाएको च्याऊ उनलाई निकै मिठो र स्वादिष्ट लाग्यो ।
‘तीनजना साथीहरुले त्यो आधा किलो च्याऊ बाँडेर खाइयो । निकै मिठो लाग्यो खाँदा । यति मिठो चिज पनि बजारमा पैसाले किनेर खान नपाइने, गर्नुपर्ने त यहि नै रहेछ, मैले पनि यहि खेती गरेँ भने लाखौं युवाको रोजगार र आम्दानी छ भन्ने सपना देखेँ’ उनले भने, ‘त्यसपछि च्याऊ खेती गर्नुपर्छ भनेर लागियो । सुरुमा कन्ये च्याऊबाट खेती सुरु गरेँ ।’
गाउँलेले पनि सिको गर्न थाले
च्याऊले देशबाट क्यान्सर र मुटुरोगलाई निमूल पार्न सकिन्छ भन्ने उनको सपना थियो । भैरव च्याऊ उद्योग प्रालि कम्पनी खोलेर आफुले मात्र च्याऊ खेती गरेका छैनन्, आफ्नो गाउँका मानिसलाई पनि उनी उदारहणीय बनेका छन् । उनले घर घरमागएर च्याऊ खेतीसम्वन्धी निशुल्क सुुझाव तथा परामर्श दिने गर्छन ।
‘मैले च्याऊ खेती गर्न थालेपछि गाउँका घर घरमा मुुढामा च्याऊ खेती गर्नुभएको छ । मैले च्याऊसम्वन्धी सुुझाव र च्याऊको बीऊ दिन्छुु’ उनले भने, ‘पहिले गरिव परिवारले अहिले चामल किनेर खान सक्ने अवस्था आएको छ ।’
‘पञ्जावमा भाडा माझेँ, तलव अरुले नै खाइदियो’
उनी रोजगारीको सिलसिलामा भारतको पञ्जावसम्म पुुगे । त्यहाँ नेपाली श्रमिकलाई गर्ने व्यवहार देखेर उनी निराश भई आफ्नै देशमा केही गर्नुपर्छ भनेर फर्के । उनका बुुबाले पञ्जावमै काम गर्ने भएकाले उनी पनि त्यहाँ पुुगेका थिए ।
त्यहाँ उनले होटलमा भाडा माझ्ने काम गरे पनि पारिश्रमिक नपाएको बताए । ‘मेरो बुुबाले पनि पञ्जावमा जागिर गर्नुहुन्थ्यो । म पनि त्यहाँ गएर होटलमा भाडा माझेँ । त्यतिबेला भारु १५० रुपैयाँमा भाडा माझेँ, त्यहीपनि ९ महिनाको तलव अरुले नै खाइदियो ।’ उनीविगतको तितो यथार्थ सम्झिँदै भने, ‘विदेश पिडा के हुुँदो रहेछ भनेर त्यहाँ सिकेँ, भोगे, त्यसपछि नेपाल आएँ र च्याउ खेतीमा लागेँ ।’
उनी च्याऊ खेतीबाट सन्तुुष्ट छन् । आफुले च्याउ खेती गर्दा अरुले पनि रोजगारी पाएको र जीवनस्तरमा सुुधार हुन थालेको उनको भनाई छ ।