आठ महिनामा पाँच अर्बको स्याउ आयात

२०७८ चैत्र ९ गते प्रकाशित

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७८ को ८ महिनाको अवधिमा पाँच अर्ब ७ करोड बराबरको स्याउ नेपाल भित्रिएको छ । भन्सार विभागको पछिल्लो आठ महिनाको अवधिमा चीनलगायत तेस्रो मुलुकबाट स्याउ आयात भएको देखिन्छ ।

सो अवधिमा सबैभन्दा बढी चीनबाट स्याउ आयात भएको छ । चीनबाट मात्रै ३ अर्ब ९१ करोड रुपैयाँ स्याउ नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ ।

त्यस्तै, भारतबाट १ अर्ब १५ करोड बराबरको स्याउ नेपाल आयात भएको छ । तुर्के, गुइनिया बिस्साउलगायत अन्य मुलुकबाट पनि स्याउ आयात भएको छ ।