आठ महिनामा ४ अर्ब बढीको प्याज आयात

२०७८ चैत्र १९ गते प्रकाशित

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो ८ महिनाको अवधिमा विदेशबाट ४ अर्बभन्दा बढीको प्याज आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार सो अवधिमा भारतलगायतका विभिन्न मुलुकबाट ४ अर्ब ६ करोड १९ लाख बराबरको प्याज आयात भएको हो ।

मसलाबालीको रुपमा रहेको प्याज अधिकांश भारतबाट नै आयात हुने गरेको छ । तराईदेखि मध्य पहाडसम्म खेती गर्न अनुकूल प्याजको परनिर्भरता निकै हदसम्म घटाउन स्वदेशमै उत्पादन गर्न नसकिने होइन। तर, उत्पादन र उत्पादकत्व दुवै न्यून भएपछि आयातमा भर पर्नुपरेको हो ।